यो सरकारले देश र जनतालाई झुक्याइरहेको छः नेता सिंह

82
  •  
  •  
  •  


काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकारले जनतालाई झुक्याउने काम गरेको बताएका छन् । असंविधान कदम चालेको प्रधानमन्त्री अदालतले संसद पुनस्र्थापना गरेपछि पनि संसदिय प्रक्रियालाई कमजोर पार्ने संसदिय व्यवस्था नै गलत हो भनेर जनतामा स्थापित गराउन संसदको उपेक्षा गरेर प्रधानमन्त्री नियोजित रुपमा अघि बढेको समेत बताए ।

प्रधानमन्त्रीलाई संदमा उभिएर आफ्नो प्रयास सकारात्मक थियो संसद विघटन जायज हो भनेर स्पस्टिकरण दिने चुनैती समेत नेता सिंहले दिएका छन् ।
विभिन्न बहाना बाजी गरेर संसद छल्न संसदको आवश्यकता नै छैन भन्दै हिँडेको प्रति पनि कडा आपति व्यक्त गर्दै नेता सिंहले संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई चुनौती समेत दिए ।
नेपाल दलित संघको आयोजनामा आइतबार काठमाडौंमा भएको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले नभएको विकास गर्यौ भनेर यो सरकारले जनतालाइ झुक्याउने गरेको बताए ।
उनले भने, ‘यो सरकारले देश र जनतालाई झुक्याइरहेको छ । नभएको विकास भयो भनेर जनताको मत र विश्वास माथी खेलवाड गरि रहेको छ ।’
साथै नेता सिंहले कम्युनिष्टहरुको मुखमा रामराम बगलिमा छुरा हुने गरेको पनि बताए ।मुखले धेरै नै काम गरेको भन्ने तर वास्तविकतामा त्यो नभएको उनको भनाइ थियो ।
देशलाइ संकट पर्दा नेपाली काङ्ग्रेसले सधै देश र जनताको हितमा काम गर्ने गरेको भन्दै उनले अहिलेको अवस्थाबाट मुलुकलाई निकास दिलाउन पनि काङ्ग्रेसकै आफ्नो नेतृत्वको सरकार निरमाण मा प्रयास गरेको भन्दै यो कांग्रेसको रहर नभै मुुलुुकलाई निकास दिन बाध्यात्मक परिस्थिति आएको बताए ।
अब नयाँ सरकार गठन गरेर मुलुकलाई अहिलेको अवस्थाबाट निकास दिई निपक्ष चुनाव गराउने उनको भनाइ छ ।


  •  
  •  
  •