नेकपा पार्टीभित्रको किचलोमा कांग्रेसको कुनै सरोकार छैन : नेता सिंह

413
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री ओलिले पार्टी सभापति शेरबहादुरलाई भेटको कुरासँग सत्ता राजनीतिको कुनै अर्थ नरहेको स्पष्ट पारेका छन् ।

जनताले अहिले कांग्रेसलाई प्रतिपक्षीमा बस्ने म्यान्डेट दिएको र नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले आफुहरु विपक्षीकै भुमिकामा रहने बताए । राजधानीमा सोमबार सत्य साई बाबाको ९५ औँ अवतरण दिवसको अवसमा संखमुलमा आयोजित सत्य साई बाबा पार्कको उद्घाटन गर्दै झन्डै दुईतिहाई बहुमत पाएको सरकारले अहिले कस्तो काम गरिरहेको छ यो दुनियाँलाई थाहा भएको बताए ।

महिनौँदेखि आन्तरिक कलह र कुर्सीको खेलमा लागेकोले यस्तो महामारीको बेला समेत जनताको पिरमर्काप्रति सरकार बेखबर जस्तो देखिनु दुःखको कुरा भएको बताए । नेकपा पार्टीभित्रको किचलोमा कांग्रेसको कुनै सरोकार नरहने बताए ।

नेकपाको कुरा उनीहरुले मिलाउलान भन्दै नेता सिंहले कांग्रेसलाई जोड्न, अनावश्यक हल्ला नचलाउन र हल्लाकोपछि नलाग्न समेत आग्रह गरेका छन् । काठमाडौंका स्थानीयबासीले राजनीतिप्रति चासो नदिएकाले यहाँको समस्यामा बाहिरबाट आएकाले महत्व नदिएकै कारण काठमाडौं उपत्यकाको अवस्था नसुध्रिएको पनि उनले बताए ।

स्थानीयलाई सेवा भावले राजनीतिमा लाग्न र चासो राख्न समेत आग्रह गरेका छन् । अहिले नेकपा को सरकारले गर्नुपर्ने काम केही नगरि संघियताको मर्म र भावना बिपरित काम गरिरहेको यस्तो महामारीको बेलामा भ्रष्टाचार मा तलिन रहेको भन्दै अब जन्ताले नै मुल्यांकन गर्नुपर्ने उनको भनाइ छ ।

सत्ताको आडमा आजिवन जन्ताको जनमत पाएजसरी पुराना तथा ईतिहास बोकेका पार्कहरुको नाम परिवर्तन गरि कब्जाको सैलीमा आफ्नो दलका नेताहरुको नामाकरण गर्न थालेको प्रति कडा टिप्पणी गर्दै ईतिहास मेटाउने काम नगर्न उनले चेतावनी दिए । ठाउँठाउँमा बनेका पार्कहरु ब्यवस्थापन गरेर राख्नुपर्ने, नेताका नाउँमा अनेन्त्र पार्क बनाउन सकिने कुरालाई ख्याल नगरि पुराना ईतिहास बनएका पार्कहरु अतिक्रम गरे यो राम्रो नहुने उनले बताए ।

उनले सत्ता ढलेपछिको परिस्थितीमा के हुन्छ ? हेक्का राख्न समेत चेतावनी दिए । आफुहरु सबैको ईतिहास र उपस्थितिलाई सम्मान गर्नुपर्छ भन्ने मान्यता रहेकाले यसको खाल नगरि सत्ताको अहमता नदेखाउन जिम्मेवार दलको रुपमा प्रस्तुत हुन समेत उनले आग्रह गरे ।


  •  
  •  
  •