प्रकाशको निधनबाट एमाले स्तब्ध, सबै चुनावी कार्यक्रम स्थगित

202
  •  
  •  
  •  

काठमाडौँ, ३ मंसिर (ओएनएस):
एमालेले माओवादी–केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा प्रकाश दाहालको आकस्मिक तथा असामयिक निधनबाट स्तब्ध बनेको बताएको छ । एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले आइतबार शोक विज्ञप्ती निकालेर समवेदना प्रकट गरेका छन् ।

प्रकाश दाहालप्रति सम्मान व्यक्त गर्न र माओवादी–केन्द्रका अध्यक्ष प्रचण्ड, शोकाकूल परिवारजन र माओवादी–केन्द्रप्रति समवेदना प्रकट गर्न एमालेको तर्फबाट आइतबार दिउ“सो २ देखि ३ बजेसम्म आयोजना गरिएका पूर्वनिर्धारित सबै चुनावी कार्यक्रम स्थगित गरिएको रिमालले जनाएका छन् ।

प्रकाशलाई गम्भीर अवस्थामा नर्भिक अस्पताल पु¥याइएको जानकारी पाउन साथ एमाले अध्यक्ष केपी ओलीले झापामै रहेका प्रचण्डलाई चुनावी अभियानबाट काठमाडौंका लागि बिदाई गरेका थिए ।

घटनाको जानकारी पाउनासाथ एमाले बरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेललगायतका नेताहरु नर्भिक अस्पताल पुगेर समवेदना प्रकट गरेका थिए ।


  •  
  •  
  •