कैलालीमा कार्यरत प्रहरी निरीक्षक र कानुन व्यवसायीविरुद्ध मुद्दा

269
  •  
  •  
  •  

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय बिक्रम विष्टविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध सोमबार भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

सेवाग्राहीको उजुरीको आधारमा आयोगको टोलीले प्रहरी निरीक्षक कार्की र कानुन व्यवसायी हिमालय बिक्रम विष्टलाई ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा प्रहरी निरीक्षक कार्कीले कानुन व्यवसायी हिमालय बिक्रम विष्टमार्फत सेवाग्राहीसँग घुस लिएको दाबी अख्तियारले गरेको छ ।

जबरजस्ती करणी मुद्दामा अनुसन्धान अधिकृत तोकिएका प्रहरी निरीक्षक कार्कीलाई कानुन व्यवसायी विष्टले घुस लिन मन्जुरी गराएको भन्दै आयोगले उनीविरुद्ध पनि ५० हजार मागदाबीसहित मुद्दा दायर गरेको हो ।

हेर्नुहोस्


  •  
  •  
  •