स्थानीय निकायको निर्वाचन आवश्यक

170
  •  
  •  
  •  

prakash man singh nccccc_20140715081416विराटनगर, ७ चैत(ओएनएस) : उपप्रधान एवं स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले अन्तरिम समयका लागि भएपनि स्थानीय निकायको निर्वाचन गर्नै पर्ने आवश्यकता औल्याएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दे उपप्रधानमन्त्री सिंहले निर्वाचन नहुँदा स्थानीय निकाय जनप्रतिनिधीबिहिन भएपछि सरकारी सेवा सुविधा जनतासामू सहजै पुग्न नसकेको उनको धारणा थियो । उनले अन्तरिम समयका लागि भएपनि स्थानीय निकायको निर्वाचन आवश्यक रहेको बताएका छन् ।

संविधानसभाको निर्वाचन अगाडि सबै दलहरूले घोषणापत्रमा ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गराउँदै निर्वाचनमा अनपेक्षित पराजय बेहोरेका दलहरूको विरोध कारण स्थानीय निकायको निर्वाचन हुन नसकेको दावी गरेका छन् ।

उनले दलहरूले संविधान निर्माणमा जारी गतिरोधको सहमति सँगसँगै स्थानीय निकायको निर्वाचनको लागि पनि सहमति खोज्नुपर्ने बताए ।


  •  
  •  
  •