उपप्रधानमन्त्री सिंह कुचो लिएर सडकमा

114
  •  
  •  
  •  

prakash man singh at road for sanitationकाठमाडौ, ५ बैशाख(ओएनएस) : उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले दलहरू देश र जनताप्रति चिन्तित हुने हो भने सहमति निर्माण सहजै हुने विचार व्यक्त गरेका छन् ।

आज राजधानीको बुद्धनगरमा आयोजित सफाई अभियानमा सहभागी हुँदै मन्त्री सिंहले आफूहरु हरेक हिसाबले सहमतिको वातावरण निर्माण गर्ने काममा लागेको बताउँदै यदी सबै दलहरू इमान्दारिताका साथ प्रस्तुत हुने हो भने सहमतिका लागि कुनै अड्चन नआउने बताएका छन् ।

उनले केही दलहरूले बहाना बनाएर समय खेर फालिरहेको भन्दै अब हरहालतमा संविधानसभाबाट संविधान जारी गर्नु आफूहरूको दायित्व भएको बताएका छन् । उनले सबै दललाई देश र जनताप्रति इमान्दार भएर प्रस्तुत हुन समेत आग्रह गरेका छन् ।

मन्त्री सिंह आजै काठमाडौ मेडिकल कलेजको आयोजनामा भएको लिभर डे कार्यक्रममा समेत सहभागी भएका छन् ।


  •  
  •  
  •