‘आन्दोलनको घुर्कीले सरकार डराउँदैन’

190
  •  
  •  
  •  

prakash man singhकाठमाडौ, २३ चैत(ओएनएस) : उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री प्रकाश मान सिंहले सहमतिका नाममा संविधानसभालाई असफल हुन दिन नहुने बताएका छन् ।

राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा मन्त्री सिंहले विपक्षी दलको आन्दोलनबाट सरकार नडराउने बताएका छन् । सडकबाट संविधान जारी गर्छु भन्ने घुर्कीले सरकारलाई कुनै असर नगर्ने बताउँदै उनले छलफलका लागि सरकारले गरेको अपिललाई स्वीकार गरेर वार्तामा आउन समेत आग्रह गरे । उनले आन्दोलनका क्रार्यक्रम फिर्ता लिएर सहमतिका लागि वार्तामा बस्नुपर्ने र लामो समयदेखीको अन्योलतालाई मेट्नुपर्ने बताएका छन् ।

उनले संविधान निर्माणका लागि निकै लामो समय खर्चिएकोले अब ढिला गर्न नहुने धारणा व्यक्त गरेका थिए । उनले विपक्षी दलहरूले आन्दोलनको दम्भ देखाईरहे आफूहरू प्रक्रियामा गएर संविधान जारी गर्ने भनाई राखेका थिए ।


  •  
  •  
  •