कांग्रेस नेता सिंह भन्छन्, ‘सरकार निर्वाचनमा आलटाल गर्न लागेको हो कि ?’

208
  •  
  •  
  •  

काठमाडौं, २३ माघ (ओएनएस) : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले निर्वाचन गर्न आलटाल गर्न खोजेको आशंका व्यक्त गरेका छन् ।

आइतबार नेपाली कांग्रेस काठमाडौ महानगरपालिका ५ नम्बर वडा ईकाई समितिले आयोजना गरेको कार्यक्रममा नेता सिंहले निर्वाचन गर्ने प्रतिवद्धतासहित बनेको सरकार अहिले निर्वाचनमा आलटाल गर्न लागेको हो कि ? भन्ने आशंका बढ्न थालेको बताएका हुन् । नेता सिंहले तत्काल निर्वाचनको वातावरण बनाउन पनि सरकारलाई अपील गरे ।

स्थानीय तह वा स्थानीय निकाय कुनको निर्वाचन गर्ने भन्दै अन्योलता देखाएर निर्वाचनबाट पछि हट्न खोजे कांग्रेसलाई मान्य नहुने उल्लेख गर्दै नेता सिंहले हरहालतमा निर्वाचनको घोषणा गर्न सरकारसँग माग गरे ।

नेता सिंहले निर्वाचनको तयारीमा जुट्न समेत नेता, कार्यकर्तालाई निर्देशन दिए ।


  •  
  •  
  •