‘मस्यौदा जनताको चाहना अनुसार संशोधन हुन्छ, आत्तिनुपर्दैन’

149
  •  
  •  
  •  

prakash man singhकाठमाडौ, २६ असार(ओएनएस) : उप-प्रधान तथा स्थानीय विकस मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले जनतासँग गरेको प्रतिबद्धता अनुसार संविधान जारी गर्न नसकेको स्विकार गरेका छन् । राजधानीमा शनिबार आयोजित कार्यक्रममा सहमतिको दस्तावेजको रूपमा मस्यौदा आउनु सकारात्मक भएको बताउँदै सिंहले उक्त प्रारम्भिक मस्यौदामा थुप्रै कमीकमजोरी भएको समेत बताएका छन् ।

उनले सबैको आ–आफ्नो अधिकार सुरक्षित हुनेगरि नै संबिधान जारि हुने दाबी गरे । अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको भन्दै उनले मस्यौदा जनताको चाहना अनुसार संसोधन हुने बताए ।

संचार क्षेत्रको कुनै अधिकार कुन्ठित हुन नदिने प्रतिवद्धता समेत उनले जाहेर गरे । ‘पूर्ण प्रेस स्वतन्त्रता’ सहितको संविधान जारी गर्न आफूहरु प्रतिवद्ध रहेको उनको भनाई छ ।

उपप्रधानमन्त्री समेत रहेका सिंहले फरक प्रसंगमा सरकार पुनःनिर्माण र अस्थायी बसोवासको व्यवस्था मिलाउन केन्द्रित रहेको बताए ।

कार्यक्रममा काठमाडौँ निर्वाचन क्षेत्र नं. १ का भूकम्पप्रभावितहरुलाई सहयोग गर्ने १३५ जनालाई प्रसंशा पत्र प्रदान गरिएको थियो ।


  •  
  •  
  •