०७४ मुलुककाे इतिहासको आधार निर्माण हुने वर्ष : नेता सिंह

282
  •  
  •  
  •  

prakash man singhकाठमाडाैं, ३१ चैत (ओएनएस) : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहल २०७४ सालमा मुलुकको भविष्य निर्माणको महत्वपूर्ण वर्ष रहने बताएका छन्।

बिहीबार काठमाडौंको बानेश्वरमा आयोजित शुभकामना आदानप्रदान कायक्रममा नेता सिंहले ०७४ मा ३ वटै तहको निर्वाचन गराउनु पर्ने भएकाले इतिहासको आधार निर्माण हुने वर्ष हुने बताएका हुन्।

नेता सिंहले दलहरूले आपसी तिक्तता र बेमेललाई त्यागेर जान नसके मुलुक गम्भीर दुर्घटनामा फस्न सक्ने चेतावनी दिए।

दल अनकुल नभई राष्ट्र र जनहीत अनुरुप अगाडि बढ्न पनि नेता सिंहले प्रमुख दललाई अपील गरे। विभिन्न बाहनाबाजी गरेर निर्वाचनको वातावरण विथोल्न गतिविधि भैरहेको चर्चा गर्दै सिंहले निर्वाचनका लागि खुट्टा नकमाउन सरकारलाई आग्रह गरे।


  •  
  •  
  •