उपचाररत प्रकाश गुरुङलाई चिन्नेले सम्पर्क गर्न दूतावासको आग्रह

97
  •  
  •  
  •  

काठमाडौं । साउदीको अस्पतालमा उपचाररत रहेका एक नेपालीको आफन्त र ठेगाना नहुँदा समस्या भएको साउदीस्थित नेपाली राजदूतावासले जनाएको छ । राजदूतावासले एक सूचना जारी गर्दै साउदी अस्पतालमा उपचाररत प्रकाश गुरुङको आफन्त र ठेगाना थाहा हुन नसकेपछि खोजी गरेको जनाएको छ ।

अहिले प्रकाशको साउदीको थोडिक अस्पतालमा उपचार भइरहेको छ । नामबाहेक नेपालको ठेगाना, परिवार, आफन्तको बारेमा जानकारी नभएको भन्दै दूतावासले प्रकाशलाई चिन्ने जान्नेले दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

फोटोमा देखिने प्रकाशलाई कसैले चिनेमा या उहाँको आफन्तको बारेमा जानकारी भएमा साउदीमा रहेको नेपाली दूतावासमा ०११४६१११०८, ०५५९३८९६०० फोन गर्न या conriyadh@mofa.gov.npमा इमेल गर्न समेत अनुरोध गरिएको छ ।


  •  
  •  
  •