राप्रपाको अध्यक्षमा लोहनीलकाे पनि उम्मेदवारी

140
  •  
  •  
  •  

prakash chandra lohaniकाठमाडौं, ६ फागुन  (ओएनएस) : राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आजदेखि राजधानीमा सुरु हुँदैछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकीकरण भएपछि हुन लागेको एकता महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।

तर, कमल थापालाई नै पार्टीको अध्यक्ष बनाउने सहमति भने तोडिएको छ ।

सहमति तोडिएपछि राप्रपा नेता प्रकाशचन्द्र लोहनीले पनि अध्यक्षका लागि उम्मेदवारी दिने भएका छन् ।

लोहनीले विज्ञप्ति जारी गर्दै नेतृत्वका लागि भएको सहमतिको औचित्य नभएको भन्दै आफूलाई सहयोग गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टीको विधानप्रति असन्तुष्टि जनाउँदै नेता लोहनीले नेतृत्वको लागि भएको सहमतिको औचित्य सकिएको बताएका छन् ।

गत बुधबार अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपतीशम्सेर राणा र लोहनीबीच थापालाई नै अध्यक्ष बनाउने सहमति भएको थियो ।

महाधिवेशनमा देशभरबाट ३ हजार ४ सय ७० जना महाधिवेशन प्रतिनिधि सहभागी हुने जनाइएको छ ।
महाधिवेशनबाट अध्यक्षको नेतृत्वमा एक सय ६१ केन्दीय सदस्य तथा २४ सदस्यीय कार्यसमिति गठन हुनेछ ।


  •  
  •  
  •