असई विक र जवान साउदको हत्याका मुख्य योजनाकार पक्राउ

372
  •  
  •  
  •  

तस्विर : जिल्ला प्रहरी कार्यालय कैलाली

काठमाडौं । धनगढीमा प्रहरी सहायक निरीक्षक(असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्याका मुख्य योजनाकार भनिएका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन गरी मुख्य अभियुक्त धनगढी उपमहानगरपालिका– १० चकमलीका ३५ वर्षीय सुकबहादुर राना भनिने अमर रानालाई सार्वजनिक गरेको हो। आइतबार बेलुका ७ बजे धनगढी–१४ फूलबारीबाट रानालाई पक्राउ गरिएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जवराले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । यसअघि सोही घटना अभियोगमा पक्राउ परेका ८ जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ। फरार मुख्य अभियुक्त राना प्रक्राउसँगै आजै अदालतमा पेस गरिने राणाले जानकारी दिए।

राना लामो समयदेखि भारतको वनकट्टी र सलियापारबाट नेपालमा अवैध सामान र नेपालबाट अवैधरूपमा भारत सामान पठाउने कार्यमा संलग्न रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । राना स्थानीय व्यापारीसँग मिलेर सामान भारत पठाउने गरेको र चकमलीमा उनको गोदामसमेत रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय उनी मटर (केराउ) को तस्करीमा संलग्न थिए। त्यहीँ मटर लैजाने क्रममा अवरोध भएपछि रानाकै नेतृत्वको टोलीले निजकै घरबाट हतियार लगेर प्रहरी असई र जवानको हत्या गरेको प्रहरी निष्कर्ष छ।

प्रहरी हत्या घटनामा संलग्न रहेको आरोपमा धनगढी उप–महानगरपालिका–१० का पर्कु भन्ने ३१ वर्षिय रोहित राना, २० वर्षिय राजेन्द्र राना, ३० वर्षिय चोर भनिने सुरेश राना, २५ वर्षिय गब्बर भनिने राजकुमार राना, २२ वर्षिय रामनिवास राना, २९ वर्षिय टल्लु भनिने दलराम राना र २५ वर्षिय राम गोपाल रानालाई कात्तिक ४ गते प्रहरीले सार्वजनिक गरेका थियो।

त्यसपछि घटनामा संलग्न रोहित रानालाई पनि प्रहरीले पक्राउ गरेको थियो । यस्तै मटर तस्कर गर्न लगाउने व्यापारी राजीव गुप्ता पक्राउ परे पनि एक लाख धरौटीमा तारेखमा छुटेका थिए ।

यस्तो थियो घटना
गत कार्तिक १ गते राती अन्दाजी १०ः३० बजेको समयमा अस्थाई प्रहरी पोष्ट जुगेडामा कार्यरत प्रहरी सहायक निरिक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साँउद सीमावर्ती क्षेत्रमा हुने अपराध एवं तस्करी नियन्त्रण प्रयोजनार्थ जुगेडाको दक्षिणी भागमा नियमित गस्तीमा गएका थिए ।

सोही क्रममा जिल्ला कैलाली धनगढी उप–महानगरपालिका वडा नम्बर– १० स्थित जुगेडा कटान एरियामा भारततर्फ गोरु गाडामा (डल्लव) मा मटर तस्करी गरिरहेको अवस्थामा गस्ती टोलीले फेलापारी नियन्त्रणमा लिने क्रममा तस्करहरुको समुहले दुबै जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए । सम्र्पकविहिन भएका प्रहरीको खोजी गर्दै जाँदा हत्या गरि फालेको अवस्थामा मोहना नदीमा प्रहरी सहायक निरीक्षक गोबिन्द बिकको शव कार्तिक २ गते बिहान अन्दाजी ९ः७ बजे तिर फेला परेको थियो । असई विकको शव भेटेको प्रहरीले उनीसंगै गस्तीमा गएका प्रहरी जवान राम बहादुर साउँदको शव घटनाको ती निदपछि कात्र्तिक ४ गते बिहान अन्दाजी १०ः२५ बजे तिर सोही मोहना नदीमा फेला परेको थियो ।


  •  
  •  
  •