प्रचण्डलाई वासिङटनस्थित नेपाली राजदूतावासमा स्वागत

448
  •  
  •  
  •  

काठमाडौं, ६ चैत(ओएनएस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अमेरिकाको वासिङटनस्थित नेपाली राजदूतावासमा स्वागत गरिएको छ ।

पत्नी सीताको उपचारका लागि अमेरिका पुगेका दाहाललाई नेपाली दूतावासमा नेपालका लागि राजदूत डा.अर्जुन कुमार कार्कीले स्वागत गरेका हुन् ।

पत्नी सीताको उपचारका लागि छोरी गंगासहित उनी आइतबार साँझ अमेरिका गएका थिए । अमेरिकाको जोन होप्किन्स अस्पतालमा सीताको उपचार भइरहेको छ ।
नेपाली दूतावास पुगेका दाहाललाई राजदूत कार्कीले पछिल्लो अमेरिकी रणनीति तथा राजदूतावासको कार्य सम्पादनका बारेमा जानकारी समेत गराएका थिए ।

दाहालविरुद्ध युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको आरोपमा बाल्टीमोरस्थित संघीय ब्युरोमा उजुरी हालिएको छ । केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत डा.तिलक श्रेष्ठले उनीविरुद्ध उजुरी गरेका थिए ।


  •  
  •  
  •