डा.केसीलाई अनसन फिर्ता लिन सरकारको आग्रह

90
  •  
  •  
  •  

काठमाडौं । सरकारले अनसनरत डा.गोविन्द केसीलाई आफ्नो अनसन फिर्ता लिन आग्रह गरेको छ। बिहीबार सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिले देशमा असामान्य अवस्था रहेको बेला अनसन, धर्नालगायतका आदोलन गर्न उपयुक्त नहुने बताए।

उनले कोरोनाको जोखिमपछि बाँकी कुराहरु छलफल गर्न सकिनिे भन्दै सबै जना अहिले कोरोनाबाट उत्पन्न परिस्थितिलाई नियन्त्रण गर्न लागिपर्नुपर्ने बताए।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले डा.केसी र उनका सहयोगीहरुलाई अहिले अनसन फिर्ता लिएर सरकारलाई सहयोग गर्न आग्रह पनि गरे।

चिकित्सा शिक्षा र स्वास्थ्यमा सुधारको माग राख्दै डा.केसीले जुम्लाबाट सुरु गरेको १९ औं अनसन अहिले पनि जारी छ।


  •  
  •  
  •