प्रचण्ड र ज्ञानेन्द्रको भनाई इमोस्नल ब्ल्याकमेल : ज्ञवाली

196
  •  
  •  
  •  

11003419_751350364961651_1713276455_oकाठमाडौ, १० फागुन(ओएनएस) : नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले प्रचण्ड र पूर्व राजाको भनाई ईमोस्नल ब्ल्याकमेल भएको बताएका छन् ।

रफत सञ्चार क्लव भक्तपुरले आज गरेको साक्षात्कार कार्यक्रममा ज्ञवालीले सस्तो लोकप्रियताका लागि प्रचण्डले आफू असुरक्षित भएको भन्नु र पूर्व राजाले राजनीतिक दलहरूले आफूसँग गरेको सम्झौता पालना गर भनेर धमिलो पानीमा माछा मार्न खोजेको बताएका छन् ।

उनले प्रधानमन्त्रीले दुई दुई पटक वार्ताका लागि आह्वान गर्दा र संविधानसभा अनिश्चित समयका लागि स्थगन गर्दा पनि वार्ताका लागि एक पछि अर्को बहाना बनाउनु ईमान्दारिता र संविधान निमार्णमा निष्ठाको अभाव रहेको बताएका छन् ।

एमाओवादी नेतृत्व मोर्चाको आन्दोलन घोषणाले झनै राजनीतिक संक्रमण लम्बिदै गएको छ । ओरालो लागेको एमाओवादी नेतृत्व गन्तब्य भुलेर दोबाटोमा रूमलिरहेको अवस्थामा आन्दोलनको कुनै सार्थकता नभएको ज्ञवालीको टिप्पणी थियो । संविधान निमार्णको समयमा गरिएको आन्दोलनले एमाओवादी र मधेशवादी दलहरूको अस्थित्व संकटमा पर्नेतर्फ बेलैमा सचेत रहन उनले आग्रह गरे ।

ज्ञवालीले एमाओवादी पार्टीको दबदबा भएका बेला गरिएको आम हड्ताल बिचैमा फिर्ता लिनु परेको अवस्थालाई मध्यनजर गर्दै हालको अन्दोलन रोकी सहमतिमा आउन आग्रह गरे । उनले भने, ‘दुई तिहाई बहुमत भएको सत्ता पक्षले यती लामो समयसम्म पनि प्रतिपक्षलाई सहमतिमै गएर संविधान जारीका लागि पर्खेको छ तर, अब संविधान निमार्णमा भन्दा आन्दोलनमा गए प्रक्रियाबाटै संविधान जारी हुन्छ ।’

ज्ञवालीले देश संघियतामा गईसकेको छ तर हिमाल, पहाड र तराईलाई विभाजन गरेर देशमा बिखण्डन निम्त्याउने र जातियताका आधारमा संघियतामा जाने पक्षमा एमाले नरहेको बताएका छन् ।


  •  
  •  
  •