सांसदहरुको किनबेच हुने खतरा बढ्योः परराष्ट्रमन्त्री

78
  •  
  •  
  •  


काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधिसभा पुनस्र्थापनापछि सांसदहरुको किनबेच हुने खतरा बढेको बताएका छन् ।

नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २१ औं वाषिर्क साधारणसभामा बोल्दै मन्त्री ज्ञवालीले दलहरुको नीतिविहिन गठबन्धन हुँदा संसद सांसदहरुको खरिद विक्री हुने थलो बन्ने खतरा बढेको बताएका हुन् ।

पछिल्लो तीन वर्षमा हासिल गरेको उच्च आर्थिक वृद्धिका कारण देश अहिले अल्पविकसित मुलुकको सूचीबाट विकासोन्मुख मुलुकमा स्तरोन्नती हुन सिफरिस भएको पनि उनले बताए ।


  •  
  •  
  •