कृतिम धारा बनाएर सीमा बनाउन खोजियो : ज्ञवाली

75
  •  
  •  
  •  

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतको नयाँ नक्सामा नेपाली भूभाग देखिएको विषयमा सरकारले सच्याउन कूटनीतिक र राजनीतिक पहल थाल्ने बताएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध अनेरास्ववियूले आइतबार बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री ज्ञवालीले भारतले बलमिच्याइँ गरेर कालापानीलाई आफ्नो सिमामा राखेर एकपक्षीय नक्सा जारी गरेको बताए ।
कृतिम धारा बनाएर सीमा बनाउन खोजिएको समेत उनको भनाइ छ ।

विगतमा राजाराणाहरुले छाडे भनेर सरकार चुप नबस्ने भन्दै उनले नेपाली भूमि फिर्ता ल्याउन सरकारले भारतसँग कूटनीतिक र राजनीतिक पहल गर्ने बताए ।

अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रन्जित तामाङले भने कालापानीमा तत्काल स्थलगत अनुगमन टोली पठाउन र नेपाली भूमि फिर्ता गर्न माग गरेका छन् ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here