प्रधानमन्त्रीको छोरी ‘ठिल्ले साङमु’

405
  •  
  •  
  •  

वैशाख २ मुगु (ओएनएस) : प्रधानमन्त्री केपी शर्माओली, शिक्षामन्त्री गिरिराजमणी प्रोखरेल, मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायतको टोलिले भर्ना गराएका विद्यार्थी कहाँ के गर्दैछन् अतोपत्तो छैन ।

मुगुका विद्यालय जाने उमेर समूहका बालबालिकालाई गएको वर्ष वैशाख १ गते रारामा विद्यालय भर्ना अभियान शुभारम्भ गरी भर्ना गराएका ८ जना विद्यार्थी विद्यालय जान्छन्, जाँदैन कसैलाई थाहा छैन् ।

नेपाली विद्धान पुर्खाका निरक्षर सन्तान हुनै नसक्ने भन्दै प्रधानमन्त्री केपि शर्माओलीले गएको वैशाख १ गते राराबाट विद्यालय भर्ना अभियान शुरुवात गरेका थिए ।

विद्यालय भर्ना अभियानसँगै प्रधानमन्त्री केपि शर्माओलीले पनि एक जना स्कुल जाने उमेरकी विद्यार्थीलाई छोरी भनेर सम्बोधन गरी काखमा च्यापेर भर्ना गराएका थिए । ति बालिका अहिले घरायसी काम घाँस दाउरामा ब्यस्त छिन् ।


प्रधानमन्त्री केपि शर्माओलीले भर्ना गराएका मुगु मकारमारोग गाउँपालिका वडा न ८ माग्री गाउँकी ठिल्ले साङमु लामा अहिले घरायसी काम घाँस, दाउरा गर्दै बसेकी छन् ।

बिहाना बेलुका र बिदाको समय ठिल्ले साङमु लामा गाई, गौरु चराउन जाने, घाँस दाउरा गर्ने गरेकी परिवारले बताएका छन् ।  तर भर्ना गराएका ठिल्ले साङमु लामाकोे दैनिकी घाँस दाउरा र विद्यालय जाने गर्दै बितेको छ भने अन्य विद्यार्थी कहाँ छन्, के गदै छन्, अतोपत्तो छैन ।

प्रधान्मन्त्री लगायत अन्य मन्त्रीले ८ जना विद्यार्थीलाई विद्यालय त भर्ना गराए । तर उनिहरुको अवस्था के छ ? के गदै छन् भन्ने कुरा कसैले ख्याल गरेका छैनन् ।

प्रधानमन्त्रीकी छोरीका रुपमा परिचित

प्रधानमन्त्री केपि शर्मा आलीले भर्ना गराएकी ठिल्ले साङमु लामाको बुबा छैनन् ।
आमा बाजे बजै र एक बहिनी छन् । ठिल्ले साङमु लामा गाउँमा प्रधानमन्त्रीकी छोरीका रुपमा चिन्ने गर्दछन् । उनलाई बोलाउँदा सबैले गाउँमा प्रधानमन्त्री छोरी बन्दै बोलाउने गर्दछन् ।

सानै उमेरमा बुवा घुमाएकी ठिल्ले साङमु लामा पनि प्रधानमन्त्रीकी छोरी हुँ भन्दै आफ्ना साथिलाई सुनाउँदै हिँड्छिन् ।
‘सबैले मलाई प्रधानमन्त्रीकी छोरी भन्छन् । म पनि पढेर ठूलो भएमा प्रधानमन्त्री बन्छु’ उनले भनिन् ।
शान्त शालिन स्वभावकी ८ वर्षीया ठिल्ले साङमु पढाईमा, सरसफाईमा राम्री र एक असल छात्रा भएकी शिक्षकहरु बताउँछन् ।

घरायसी कामदेखि नियमित विद्यालय आउने पढाईमा पनि राम्रो ज्ञान भएकी ठिल्ले साङमु लामा यो वर्ष कक्षा १ बाट प्रथम भई कक्षा २ मा प्रवेश गरेकी बुद्ध मावि माग्रीका निमिक्त प्रधानध्यापक चित्र बहादुर वलीले बताउँछन् ।
विद्यायमा पनि ठिल्ले साङमुलाई प्रधानमन्त्रीकी छोरी भनेर अन्य विद्यार्थीले चिन्ने गरेका प्रधानाध्यापक वलीको भनाई छ ।

सल्लाको दियालो बालेर पढ्छिन प्रधानमन्त्री छोरी

प्रधानमन्त्री छोरी ठिल्ले साङमु लामाको घरमा उज्यालो गर्ने कुनै साधन छैन् । उज्यालोको लागी सल्लाको दियालो प्रयोग गर्ने गरिन्छ तर त्यो सजिलै पाईंदैन ।

उज्यालो गर्नको लागी सल्लाको दियालो ल्याउन एक दिन भरी जंगल जाने गरेको आमा छिजु तामाङ लामा बताउँछिन् ।
घरमा उज्यालो गर्ने अन्य साधन नभएपछि सल्लाको दियालो बाल्ने गरेका छाै ।

छोरीले पनि अध्यारोको समय सल्लाको दियालो बालेर पढ्ने गरेकी छिज सुनाउँछिन् ।  ‘विद्यालयमा कति पढ्छ थाहा छैन । तर घरमा घरायसि समस्याले पढ्न खासै पाउँदैन’ उनले भनिन । सोलार किन्ने पैसा छैन, खेतीपाती गराै जग्गा छैन । ३ महिना सम्मपनि खाना पुग्दैन कमाउने घरमा लोग्ने छैन । खान लाउन समस्या भएको आमा छिजुले गुनासो गरिन् ।

श्रीमानको ३ वर्ष पहिले बित्नुभयो । सबै जिम्मेवारी म माथि थपिएको छ । प्रधानमन्त्रीले छोरीलाई स्कुल त भर्ना गरिदिनुभयो ।

कापी कलम किन्न समस्या छ । बिरामी हुँदा औषधि गर्ने घरमा पैसा छैन ।  बुढा सासु ससुरा छन् यिनिहरु लाई कसरी पालन पोषण गर्ने हो भन्दै छिजुले दुःखेसो पोखिन् ।

राधिका शाक्यकी छोरीको अवस्था पनि उस्तै

रारामा भर्ना गराएका ८ जना विद्यार्थीमध्ये प्रधानमन्त्री ओलीको धर्म पत्नी राधिका शाक्यले भर्ना गराएकी छिरिङ छेम्जोम लामाको अवस्था पनि उस्तै छ । मुगु मकारामारोगं गाउँपालिका वडा नं. ८ बस्ने छिरिङ छेम्जोम पनि घाँस दाउरा गरेर समय बिताएकी छन् ।

छिरिङ छेम्जोम पनि स्कुल त जान्छिन तर उनको पढाई राम्रो नभएको विद्यालयका शिक्षक बताउँछन् ।
उनी पनि प्रधानमन्त्री केपि शर्माओलीले भर्ना गराएका ठिल्ले साङम लामा पढ्ने विद्यालय बुद्ध मावि माग्रीमा पढ्छिन् ।
उनको पढाई खासै राम्रो नभएको र विद्यालयमा पनि नियमित नआउने गरेको विद्यालय जनाएको छ ।
छिरिङ छेम्जोम लामा कक्षा २ बाट यो वर्ष देखि कक्षा ३ मा प्रवेश गरेकी छन् ।

छिरिङ छेम्जोमको पनि बुवा छैनन् । उनका बुवालाई ४ वर्ष अघि यार्सा संकलनको क्रममा मृत्यु भएको थियो ।
घरमा आमा दुई बहिनी भएकी छिरिङ छेम्जोमको घरमा पनि प्रधानमन्त्रीकी छोरी ठिल्ले साङमुको जस्तै छ ।
एकल आमाले अर्काको काम गरेर बालबच्चाको पालन पोषण गदै आएकी छन् ।

अरु विद्यार्थीको अतोपत्तो छैन ?
रारामा भर्ना गराएका ८ जना विद्यार्थी मध्ये प्रधानमन्त्री दम्पतीले भर्ना गराएका दुई बालिका घरायसी काम सकेर भएपनि विद्यालय सम्म जाने गरेका छन् ।

तर अन्य विद्याद्र्याी कहाँ छन् ? के गर्दैछन् ? अतोपत्तो छैन ।  रारामा अपांगताभएका विद्यार्थी लगायत पिछडिएका ८ जना विद्यार्थीलाई भर्ना गरि विद्यालय भर्ना अभियानको थालनी गरिएको थियो ।

ति विद्यार्थीलाई नत सरकारले चासो दिएको छ, नत विद्यालयले । उनीहरुलाई भर्ना मात्रै गराईयो । पढ्दै छन् वा स्कुल छोडे कसैको चासो दिएनन् ।


  •  
  •  
  •