प्रदेश नं. ५ को नाम टुंगो लागेन, ६ महिना म्याद थप

434
  •  
  •  
  •  

रुपन्देही । प्रदेश नं.५ को प्रदेशसभाको बिहीबारको बैठकले प्रदेशको स्थायी राजधानी र नाम सिफारिस गर्न गठन भएको विशेष समितिको म्याद पुनः ६ महिना थप गर्ने निणर्य गरेको छ ।

बुटवलस्थित प्रदेश सभामा बसेको बैठकले विशेष समितिको म्याद ६ महिना थप गर्ने निणर्य गरेको हो । प्रदेशको स्थायी राजधानी र नाम सिफारिस गर्न गठन भएको विशेष समितिले प्रदेशका १२ वटै जिल्लामा पुगी सुझाव संकलन गरिसकेको छ ।

सुझाव संकलन पश्चात् भूगोल, मौसम, वातावरण तथा सांस्कृतिक एवं सुरक्षाविद्हरुसँग राय लिएर प्रतिवेदन पेश गर्न विशेष समितिले ६ महिना समय माग गरेकाले म्याद थप गरिएको सभामुख पुर्ण बहादुर घर्तिले जानकारी दिए ।
यस अघि पनि समितिको म्याद दुई पटकसम्म ३/३ महिना थपिएको थियो ।


  •  
  •  
  •