प्रदेश ५ का सांसदले हावाहुरी प्रभावितलाई एक दिनको पारिश्रमिक सहयोग गर्ने

397
  •  
  •  
  •  

बुटवल, २४ चैत(ओएनएस) : प्रदेश ५ का प्रदेशसभा सदस्यहरुले हावाहुरी प्रभावित बारा र पर्साका प्रभावितलाई एक दिनको पारिश्रमिक प्रदान गर्ने भएका छन् ।

प्रदेश सभाको आइतबार बसेको बैठकले प्रदेश २ को बारा र पर्सामा गत आइतबार साँझ आएको भीषण हावाहुरीबाट प्रभावित नागरिकलाई राहतका लागि प्रदेशसभा सदस्यहरुले एक दिनको पारिश्रमिक बरारबको रकम दिने प्रस्ताव पारित गरेको हो ।

प्रदेशसभा सदस्यको मासिक पारिश्रमिक ४५ हजार रुपैयाँ रहेको छ । जस अनुसार एक जना सांसदको सहयोग १५ सय रुपैयाँ हुन आउँछ । प्रदेश ५ मा ८७ जना प्रदेश सभा सदस्य छन् ।

यसअघि शनिबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री राहत कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।

यो पनि हेर्नुहोस्

कर्णाली प्रदेशले हावाहुरी प्रभावितलाई एक करोड सहयोग गर्ने


  •  
  •  
  •