हावाहुरी पीडितलाई प्रदेश ५ ले एक करोड सहयोग गर्ने

544
  •  
  •  
  •  

बुटवल, २२ चैत(ओएनएस) : प्रदेश ५ सरकारले बारा र पर्साका हावाहुरी पीडितलाई एक करोड आर्थिक सहयोग गर्ने भएको छ ।

प्रदेश ५ मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले प्रदेश २ सरकारको खातामा जम्मा हुने गरी प्रदेश ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयले रकम जम्मा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता मन्त्री वैजनाथ चौधरीले जानकारी दिएका छन् ।

आइतबार साँझ आएको हावाहुरीबाट बारा र पर्सामा २८ जनाको मृत्यु भएको थियो भने ६ सय भन्दा बढी घाइते भएका थिए ।


  •  
  •  
  •