९ वटा विधेयक पारित गर्दै प्रदेश नं. ५ को चौथो अधिवेशन सकियो

701
  •  
  •  
  •  

रुपन्देही । प्रदेश नं. ५ को चौथो अधिवेशन ९ वटा विधेयक पारित गर्दै सकिएको छ ।  गत जेठ २ गते शुरु भएको प्रदेशको चौथो अधिवेशन एवं बजेट अधिवेशन ४ महिनामा अन्त्य भएको हो । यस बीचमा १० वटा विधेयक प्रदेश सभामा पेश भएका थिए । जसमध्ये ९ वटा विधेयक पास भएका छन् ।

शुशासन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश मामिला तथा कानून समितिमा छलफलकै क्रममा भएकाले यो विधेयक भने आउने हिउँदे अधिवेशनमा पास हुनेछ ।

बिहीबारको चौथो अधिवेशनको ३२ औँ बैठकले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको सेवा सम्बन्धी संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । त्यसअघि बजेट अधिवेशनको अन्त्य हुनु अघि प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले विधेयक अधिबेशन समेत मानिएको चौथो अधिबेशन सफल भएको बताए ।

कानून निर्माण, विकास, आर्थिक वृद्धिदर कायम गर्ने, राजश्व संकलन लगायतको कार्यमा प्रदेश अन्य प्रदेशको तुलनामा अग्रस्थानमा रहन सफल भएको बताए ।

दोहोरो अंकको विकास लक्ष हासील गर्ने कार्यमा पनि प्रदेश नं ५ लाई अग्रणी स्थानमा पु¥याउने कार्यमा सहयोग गर्न समेत उनले प्रदेशसभा सदस्यहरुलाई आग्रह गरे ।

सरकारप्रति जनताको तिब्र विकास र समृद्धिको ईच्छा भएको बताउँदै मुख्यमन्त्री शंकर पोखरेलले अब प्रदेशले फड्को मार्ने गरी काम गर्ने बताए ।

प्रदेशसभाको बिहीकारको बैठकमा प्रदेशसभामा गठित आन्तरिक मामिला तथा कानून समितिका सभापति दामा कुमारी शर्मा, अर्थ उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपाने, सामाजिक विकास समितिका सभापति दृगनारायण पाण्डे, भौतिक पूर्बाधार तथा विकास समितिका सभापति आशा स्वर्णकार,कृषि बन तथा वातावरण समितिका सभापति विजय बहादुर यादवले आ–आफ्नो समितिको बार्षिक प्रतिवेदन पेश गरेका थिए ।

बैठकको अन्त्यमा सभामुख घर्तीले आज राती १२ बजेदेखि प्रदेशसभाको चालु चौधो अधिबेशन अन्य हुने सम्बन्धमा प्रदेश प्रमुख उमाकान्त झा को कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए ।


  •  
  •  
  •