प्रदेश नं ३ को नाम वाग्मती, राजधानी हेटौँडा

363
  •  
  •  
  •  

काठमाडौं । प्रदेश नं ३ को राजधानी नाम वाग्मती र राजधानी हेटौँडा रहने प्रस्ताव पारित भएको छ । प्रदेश ३ को प्रदेशसभा बैठकमा आइतबार भएको मतदानमा प्रदेशको स्थायी राजधानी हेटौँडा बनाउने प्रस्तावको पक्षमा १०५ मत परेको छ भने विपक्षमा अर्थात हुन्न भन्ने पक्षमा ३ मत मात्र परेको छ ।

मत विभाजनपछि सभामुख सानुकुमार श्रेष्ठले मत परिणाम सुनाउँदै हेटौँडा राजधानी दुई तिहाई बहुमतले स्वीकृत भएको घोषणा गरेका छन् ।

नाम वाग्मती राख्न कांग्रेस सांसद इन्द्र बानियाँले राखेको प्रस्तावको पक्षमा १०८ मत परेको थियो ।

नाम र राजधानीबारे निर्णय हुन नसकेपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेशको नाम वाग्मती र राजधानी हेटौँडाका पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको थियो ।

शनिबार प्रदेशसभाको बैठकमा नेकपाको नेतृत्वमा रहेको प्रदेश सरकारले औपचारिक रूपमा उक्त प्रस्ताव दर्ता गरेको हो ।नेकपाको बहुमत रहेको उक्त प्रदेशमा ११० सांसदमध्ये ८० जना नेकपाका छन् । प्रदेश नं ३ को राजधानी र नाम सम्बन्धी प्रस्तावमाथि छलफल शनिबार सकिएको थियो ।

सातवटा प्रदेशमध्ये अहिलेसम्म कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशले मात्र आफ्नो नाम र राजधानीको टुंगो लगाएका छन् भने अन्यले टुंगो लगाउन बाँकी रहेको छ ।

यो पनि हेर्नुहोस्

प्रदेश ३ को नाम बागमती र राजधानी हेटौँडा राख्ने निर्णय

प्रदेश नम्बर–३ को नाम र स्थायी राजधानीका लागि आइतबार मतदान


  •  
  •  
  •