प्रदेश ३ को नीति तथा कार्यक्रम बहुमतले पारित

363
  •  
  •  
  •  

मकवानपुर । प्रदेश नम्बर –३ सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रदेश सभामा बहुमतले पारित भएको छ ।
यही जेठ १४ गते प्रदेश प्रमुख अनुराधा कोइराला र मुख्यमन्त्री डोरमणि पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

नीति तथा कार्यक्रम माथि बिहीबार र शुक्रबार सांसदहरुले छलफलमा भाग लिएका थिए ।  छलफलमा भाग लिने सत्तापक्षका सांसदले नीति तथा कार्यक्रम राम्रो भएको बताए पनि प्रतिपक्षलगायतका दलका सांसदहरुले भने नीति तथा कार्यक्रम प्रचारमुखि भएको बताएका थिए ।

६० जनाभन्दा बढी प्रदेशसभाका सदस्यहरुले नीति तथा कार्यक्रममा भाग लिइसकेपछि शुक्रबार बहुमतले पारित गरिएको हो ।


  •  
  •  
  •