प्रदेश २ः संसदीय दलको नेताबाट मण्डललाई हटाइयो, महतोलाई जिम्मेवारी

904
  •  
  •  
  •  

शत्रुधन महतो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड– माधव पक्षले प्रदेश २ का संसदीय दलको नेता सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई चयन गरेको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले मण्डललाई हटाएको हो । प्रदेशसभामा नेकपाका ३२ सदस्यमध्ये १९ जनाले मण्डललाई अविश्वास प्रस्तावमार्फत संसदीय दलका नेताबाट हटाएका हुन् । बैठकले संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गरेको छ । प्रदेश २ संसदीय दलको उपनेतामा रामकुमार यादव, प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा र सचेतकमा बेची लुङ्गेली छन् ।


  •  
  •  
  •