प्रदेश १ को नाम‘कोसी’ राख्न प्रस्ताव

74
  •  
  •  
  •  

काठमाडौं । प्रदेश नम्बर १ को नाम ‘कोसी’ राख्न प्रस्ताव गरिएको छ। बुधबार नाम प्रस्ताव पेश गर्न दिइएको थप समयमा एमालेका प्रदेशसभा सदस्य राम रानामगरले नाम प्रस्ताव संसद सचिवालयमा दर्ता गराएको हुन्। रानामगरको प्रस्तावमा कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेका छन्।

प्रस्तावमा भनिएको छ, ‘संविधानको धारा २९५ को उपधारा २ तथा प्रदेश नं. १ प्रदेश सभा (पहिलो संशोधन) नियमावली, २०७५ को परिच्छेद १०, नियम ५८ को उपनियम (ख) १ संग २९५ को उपधारा (२) बमोजिमको यस प्रदेशको नामकरण तपसिलमा उल्लेखित नाम कायम गरियोस् ।’


  •  
  •  
  •