प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ सम्म स्थगित

75
  •  
  •  
  •  


काठमाडौं । प्रदेश १ को प्रदेश सभा बैठक आगामी कात्तिक १५ गतेसम्मलाई स्थगित भएको छ।

मुख्यमन्त्री भीम आचार्यले विश्वासको लिने प्रयोजनका लागि आइतवार मध्यान्ह साढे १२ बजे बस्ने गरी डाकिएको प्रदेश सभा बैठक आठ दिनलाई सारिएको हो।
प्रदेश सभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीका अनुसार अब प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको चौथो बैठक कात्तिक १५ गते सोमबार दिउँसो साढे १२ बजे बस्नेछ।

‘कांग्रेस र एमालेले बैठक मिति परिवर्तन गरी पाउन लिखित अनुरोध भई आएका कारण प्रदेश सभा नियमावली २०७४ को नियम ६ को उपनियम (३) बमोजिम आइतबारका लागि निर्धारित कार्यसूची बमोजिम नै हुने गरी कात्तिक १५ गते दिनको साढे १२ बजे बैठक बस्नेछ,’ पराजुलीले सूचनामा भनेका छन्।


  •  
  •  
  •