डाबरका निर्देशकलाई कारबाही गरिने !

134
  •  
  •  
  •  

काठमाडौ, १० कात्तिक (एजेन्सी) : सरकारले विदेशी बैकमा कालो धन राख्ने डाबर समूहका निर्देशक प्रदीप बर्मनसहित अन्य ३ भारतीयको नाम भारतीय सुप्रिम कोर्टमा दिएको छ । सरकारले डाबरका प्रदीप बर्मनसहित राजकोटका बुलियन व्यवसायी पंकज चमनलाल र गोवाका अर्का व्यवसायी राधा टिम्बलूको नाम प्रमाणसहित अदालतलाई नाम दिएको छ । यी तीनै जनाविरूद्ध धेरै साक्षी फेला पारिएको छ र जाँच पनि भइरहेको बताइएको छ । यसैक्रममा यी तीनको नाम सर्वोच्च अदालतलाई दिइएको हो ।

प्रदीप बर्मनले विदेशी बैकमा आफ्नो खाता भएको स्विकार गरेका छन् । तर, उनले उक्त बैक खाता अवैध नभएकिो जिकिर गर्दै आफूले सबै ट्याक्स बुझाएको बताएका छन् । उनले उक्त खाता आफू एनआरआई हुँदाको समयमा नै खोलेको बताएका छन् । आफ्नो बयानमा बर्मनले यसमा कानुनी रूपले केही पनि गलत नभएको बताएका छन् । अन्य दुई आरोपीहरू भने मिडिया अगाडि आएका छैनन् ।

भारतीय सरकारले विदेशमा रहेका अन्य व्यक्तिहरूको बारेमा समेत जाँच गरिरहेको र ट्याक्सको कानुनी प्रक्रिया नपुर्याएका हरूको नामावली सर्वोच्चलाई दिँदै जाने बताइएको छ । सरकारले अदालतलमा नाम दिएका यी तीनै जनालाई विदेशी बैकमा गोपनीय तरिकाले पैसा राखेको आरोपमा जाँच सुरू गरिएको छ । जाँचका क्रममा अन्य व्यक्तिहरूको नाम समेत प्रमाणसहित आए अदालतलाई बुझाउने सरकारले जनाएको भारतीय सञ्चारमाध्मयहरूले जनाएका छन् ।


  •  
  •  
  •