सर्वाेच्चकाे अादेशपछि उद्योग वाणिज्य महासंघका अध्यक्ष पाण्डे पक्राउ

430
  •  
  •  
  •  

pradeep_jung_pandeyकाठमाडौं, ३ चैत (ओएनएस) : सर्वाेच्च अदालतले पुरानो भ्रस्ट्रचार मुद्दामा तत्काल पक्राउ नगर्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश खारेज लगत्तै   नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपराज पाण्डे पक्राउ परेका छन् ।

सर्वाेच्चले अादेश दिएकाे केहि घण्टामै प प्रहरीले पाण्डेलाई बालुवाटार स्थित निवासबाट  पक्राउ गरेको हो। पाण्डेलाई केन्द्रीय प्रहरीकाे अनुसन्धान ब्यूराेमा राखिएकाे छ । उनलाई बुधबार अदालतमा बुझाइने प्रहरीले जनाएकाे छ ।

पाण्डेबिरुद्ध सरकारी कर्मचारी हुँदा पदको दुरुपयोग गरी भ्रस्टाचार गरेको अभियोगमा मुद्दा दायर भएको थियो। उक्त मुद्दामा पाण्डेलाई अदालतले दोषी ठहर गरेको थियो। तत्कालीन राजाले हुकुम प्रमाङ्गीमार्फत् उनको मुद्दामा सफाइ दिएको भनेर उनले दाबी गर्दै आएका थिए।

तर सो विषय जिल्ला अदालतको तामेली शाखामा दर्ता नभएको भन्दै तत्काल पक्राउ किन नगर्ने भनी जिल्लाले पाण्डेलाई पत्र लेखेको थियो। पत्र रोक्न माग गर्दै पाण्डेले सर्बोच्चमा मुद्दा दायर गरेपनि दुवै पक्षको छलफल सुनिसकेपछि न्यायाधीशहरु कल्याण श्रेष्ठ र ओमप्रकाश मिश्रको इजालसले मंगलबार अन्तरिम आदेश खारेज हुने आदेश दिएपछि पाण्डे पक्राउ परेका हुन् ।


  •  
  •  
  •