कांग्रेसको महाधिवेशन पछि ओली नेतृत्वमा संयुक्त सरकार : ज्ञवाली

197
  •  
  •  
  •  

भक्तपुर, २० फागुन(ओएनएस) : नेकपा (एमाले) का सचिव प्रदिप ज्ञवालीले नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न भएपछि कांग्रेस लगायत मधेशवादी दल पनि ओली नेतृत्वको सरकारमा आउने बताएका छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले कांग्रेसको महाधिवेशनपछि सरकारको नेतृत्व परिवर्तन नहुने भन्दै काँग्रेसलाई पनि यही सरकारमा ल्याउनका लागि सरकार पुनर्गठन हुन सक्ने बताएका छन् । उनले भने, ‘यो सरकारले स्थानीय निकायको निर्वाचन, आम निर्वाचन र प्रदेशसभाको निर्वाचन गराउँछ अनी मात्र सरकार हस्तान्तरण हुन्छ ।’

प्रधानमन्त्रीको आशन्न चीन भ्रमणमा नेपालमा आवश्यक मध्ये ३० प्रतिशत पेट्रोलियम पदार्थ आपूर्तिका लागि सम्झौता हुने, नेपाल चीन स्वतन्त्रण व्यापारका लागि नेपालको पूर्वाधार र जलस्रोतमा लगानी गर्नका लागि दुईदेशबीच सम्झौता हुने ज्ञवालीले बताए ।

नेपाली एकढिक्का हुने हो भने नेपालको स्वाभिमानका लागि नेपालले कहिल्यै पनि भारतसँग झुक्न नपर्ने ओली नेतृत्व सरकारले प्रमाणित गरेको उनको भनाइ छ । सचिव ज्ञवालीले प्रधानमन्त्री ओलीले गरेको भारत भ्रमणबाट दुई देशबीचको राजनीतिक रुपमा नै सम्बन्ध पुनःस्थापित भएको भएको र आगामी दिनमा नेपाली जनताले भारतबाट नाकाबन्दीको सामना गर्न नपर्ने विश्वास व्यक्त गरेका छन् ।

अहिले पनि भारतबाट ७० प्रतिशत मात्र इन्धन आपूर्ति आएको र बाँकी ३० प्रतिशत केही समयभित्रै आपूर्ति सहज हुने बताए ।

नेपाली काँग्रेसले तेह्रो महाधिवेशनबाट खुल्ला बजारीकरणलाई सञ्चाउनुपर्ने भन्दै खुल्ला अर्थतन्त्रले नेपाल र नेपालीको हित नहुने प्रष्ट पारेका हुन् ।


  •  
  •  
  •