देशका विभिन्न भागमा भइरहेका विरोध प्रदर्शनप्रति सरकारको ध्यानाकर्षण 

292
  •  
  •  
  •  

काठमाडौं । सरकारले देशका विभिन्न भागमा भइरहेका विरोध प्रदर्शनप्रति ध्यानाकर्षण भएको जनाएको छ । उपप्रधान एव रक्षामन्त्री तथा सीसीएमसी निर्देशक समितिकाका संयोजक ईश्वर पोखरेलले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएका हुन् ।

संयोजक पोखरेलले कोरोनाको उच्च जोखिममा रहेको अवस्थाप्रति गम्भीर र संवेदनशील हुन प्रदर्शनकारीलाई विशेष आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ ‘आफ्ना मागहरु राखी शान्तिपूर्ण रुपमा उपस्थित हुन पाउनु लोकतान्त्रिक अधिकारको विषय भएपनि सम्बद्ध सबैलाई अहिलेको अवस्था सामान्य नरहेको तथा कोरोना संक्रमणको उच्च जोखिममा रहेको अवस्थाप्रति गम्भीर र संवेदनशील हुन विशेष आग्रह गर्न चाहन्छौं ।’

उपप्रधानमन्त्री लकडाउन खुकुलो बनाउने निर्णय भइसकेकाले सामाजिक दुरी कायम राख्नु र कोरोनाको जोखिमलाई नियन्त्रण गर्न सहयोग गर्नु सबैको दायित्व भएको बताएका छन् ।

हेर्नुहोस् विज्ञप्ति


  •  
  •  
  •