भारतीय दूतावास अगाडि विद्यार्थीको प्रदर्शन, जलाए भारतको नक्सा

70
  •  
  •  
  •  

काठमाडौं । भारतको नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको भन्दै विद्यार्थीले आजपनि विरोध जनाएका छन् ।

शुक्रबार काठमाडौंस्थित भारतीय दूतावास नजिक लैनचौरमा संयुक्त विद्यार्थी आन्दोलनको ब्यानरमा विरोध प्रदर्शन गर्दै विद्यार्थीहरुले विवादित नक्सा जलाएका छन् ।

विद्यार्थीहरूले ‘लिपलेक हाम्रो हो’, ‘भारतीय विस्तारवाद(मुर्दावाद’, ‘अतिक्रमित नेपाली भूमि फिर्ता गर’ भन्दै नारा लगाएका थिए ।

परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कालापानीबारे भारतको एक पक्षीय निर्णय मान्य नहुने बताएको थियो ।बिहीबार त्यसको जवाफ दिँदै भारतले नक्सामा भारतको सार्वभौम भूभाग समेटिएको र नेपालको सीमा परिवर्तन नगरिएको बताएको छ ।


  •  
  •  
  •