श्रेष्ठले विरोध गर्दा चार सभादको नाम प्रचण्डको खल्तीमा

334
  •  
  •  
  •  

काठमाडौं २९ असोज (ओएनएस) : एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले एकैलाटी ढंगले सभासदको नाम सिफारिस गरेको भन्दै उच्चतहमा विवाद देखिएको छ । बरिष्ठ नेता बाबुरम भट्टराईले दाहालले प्रस्ताव गरेका नाममा सहमति जनाएप्छि उपाध्यक्ष नारायणकाजी श्रेष्ठले असहमति जनाएका छन् । जनकराज जोशीको नाममा श्रेष्ठको आपत्ति छ । स्रोतका अनुसार मंगलबार लिखित रुपमा प्रधानमन्त्री सुशील कोइरालालाई नाम बुझाउने बताएपनि श्रेष्ठको विरोधका कारण रोकिएको छ । दाहाललेआफ्नो पार्टीका तर्फबाट मनोनीत हुने चार सभासदको नामबारे प्रधानमन्त्री सुशील मौखिक जानकारी गराइसकेका छन् ।

दाहालले दिवंगत पोष्टबहादुर बोगटी पत्नी राममाया बोगटी, पूर्वसचिव जनक जोशी, वाम विश्लेषक श्याम श्रेष्ठ र बझाङ पार्टी अध्यक्ष जनक बुढाको नाम प्रस्तुत गरेका हुन् । वैकल्पीकमा श्याम बुढाथोकीको नाम राखिएको छ । एमाओवादी उपाध्यक्ष श्रेष्ठले चारजनाको नाममा विषयमा पार्टीले कुनै निणर्य नगरेको बताए ।

ओएनएससँगको कुराकानीमा श्रेष्ठले केही नामका विषयमा छलफल भएको तर सहमति भइनसकेको दावी गरे । दाहालले प्रधानमन्त्रीलाई जानकारी गराएका नाममा विषयमा आफु जानकार नभएको उनले प्रतिक्रिया दिए । श्रेष्ठले आपत्ति जनाएका कारण दाहालले प्रधानमन्त्रीलाई नाम सिफारिस नगरि खल्तिमा राखेका छन् ।

मन्त्रिपरिषदबाट मनोनीत हुने २६ जनामा एमाओवादीले आफ्नो पार्टीका तर्फबाट नाम दिएको थिएन । दाहाल सचिवालयले भने लिखित रुपमा नाम नबुझाएको जानकारी गरायो ।


  •  
  •  
  •