संविधान निर्माणमा विशेष भूमिका खेल्न प्रचण्डलाई वान की मुनको आग्रह

177
  •  
  •  
  •  

काठमाडौ, २७ पुस (ओएनएस)  : संयुक्त राष्ट्र संघका महासचिव वान की मुनले एकृकीत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संविधान बनाउन विशेष भूमिका खेल्न आग्रह गरेका छन् ।

मुनले प्रचण्डलाई एक पत्र लेखि शान्ति प्रक्रिया र संविधान निर्माणमा माओवादीले खेलिरहेको भूमिकामा अन्तर्राष्ट्रिय चासो भएकाले संविधान निर्माण गर्न विशेष भूमिका खेल्न आग्रह गरेका हुन् ।

मुनले लेखेको पत्र आइतबार बिहान प्राप्त भएको प्रचण्डले राजधानीमा आयोजित एक कार्यक्रममा खुलासा गरेका हुन् ।

पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले मुनको पत्र आइतबार बिहान प्राप्त गरेको जानकारी दिदै मुनले पत्रमा संविधान लेखनमा विशेष भूमिका खेल्न आग्रह गरिएको बताए ।

प्रचण्डका अनुसार थप सन्देश लिएर राष्ट्र संघका राजनीतिक मामला हेर्ने उपमहासचिव जेफ्री फेल्टमेन आउने पनि बताए ।

पछिल्लो सयम संविधान निर्माण प्रक्रियामा दलहरुबीच विवाद बढ्दै जाँद मुनले प्रचण्डलाई पत्र लेखेका हुन् ।
सत्तारुढ काँग्रेस–एमाले र एमाओवादी नेतृत्वको विपक्षी ३३ दलीय मोर्चाबीच राज्य पुनःसंरचना, शासकिय स्वरुप, निर्वाचन प्रणाली लगायतका विषयमा कुरा मिल्न नसक्दा संविधान निर्माणको लागि तोकिएको अन्तिम मिति माघ ८ आउन लाग्दा संविधान आउने संभावना कमजोर बन्दै गएको छ ।


  •  
  •  
  •