प्रचण्डको आन्दोलनलाई वैद्यको समर्थन

152
  •  
  •  
  •  

काठमाडौं, १३ फागुन (ओएनएस) : आगामी शनिबार एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले गर्न लागेको सभालाई मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले समर्थन गर्ने भएको छ ।

माओवादीले बुधबार प्रेश विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रमहरु यथास्थितिवादको विरोधमा लक्षित रहेकोेले त्यसप्रकारका कार्यक्रमहरुको समर्थन गर्ने जनाइएको छ ।

संविधानसभा २ बाट जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माणको सम्भावना नरहेकोले अधिकारसम्पन्न सर्वदलीय राजनीतिक सभाको आयोजना गरौं भन्ने नारामो ३० दलीय मोर्चा सहमत हुन नसकेपनि आन्दोनलाई समर्थन गर्ने वैद्य पक्षले जनाएको हो ।

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले सत्तापक्षले प्रक्रियामा गएर संविधान जारी गर्न लागेको विरोधमा शनिबार राजधानीमा प्रदर्शनसहित सभा गर्दैछ ।

मोर्चाले सहमतिमा संविधान जारी गर्नुपर्ने र सत्तापक्षले सहमति हुन नसके प्रक्रियाबाट संविधान जारी गर्ने अडान लिइरहदा संविधान निर्माण प्रक्रिया अन्योलमा छ । baidhya


  •  
  •  
  •