प्रचण्डले गरे राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट मतदान

326
  •  
  •  
  •  

चितवन, २१ मंसिर (ओएनएस) : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं चितवन– ३ का प्रतिनिधि सभा उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका–१४, शान्तिपुरस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट मतदान गरेका छन् । उक्त मतदान केन्द्रबाट प्रचण्डले पहिलो मतदान गरेका हुन् ।

मतदान गरेपछि प्रचण्डले देशमा समृद्धिको यात्रा सुरु भएको बताए । देशमा राजनीतिक स्थायित्व हुने र आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने उनले बताए ।

शान्ति प्रक्रियापछि पहिलो पटक आफ्नै वडामा मतदान गर्न पाउँदा खुसी र गर्वको महसुस भएको उनले बताए ।


  •  
  •  
  •