प्रचण्ड भन्छन् : सहमतिका लागि ‘क्लीक’ हुन मात्र बाँकी छ

178
  •  
  •  
  •  

prachanda V subashकाठमाडौं, २९ चैत (ओएनएस) : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको समय पूर्णरुपमा संविधान निर्माणमा खर्चिने बताएका छन् ।

सभामुखसँग भेटका लागि उनकै सरकारी निवास बालुवाटार पगेका अध्यक्ष प्रचण्डले सहमतिमा संविधान जारी गर्न सत्तापक्षका नेताहरु पनि सकारात्मक देखिएको भन्दै अब सहमतिमा संविधान जारी हुने विश्वास समेत व्यक्त गरे ।

‘हामीले सहमतिमै संविधान जारी गरौं भनेका हौं, त्यसमा सत्तापक्षका नेताहरु पनि सकारात्मक देखिनुभएको छ’ अध्यक्ष दाहालले सभामुखसँग भने, ‘अब सहमति हुन्छ, खाली क्लिक गर्न मात्र बाँकी छ ।’

उनले यसअघि पनि प्रक्रियामा प्रवेश नगरेको भए सहमति नजिक नैं रहेको स्मरण गर्दै अब केही दिनमा सहमति गरेर जनतामा सुखद खबर संचार गर्ने बताए ।

सभाध्यक्ष नेम्बाङले पनि विषयमा सहमति सबैभन्दा उत्तम विकल्प भएको भन्दै त्यसका लागि जिम्मेवार भएर लाग्न आग्रह गरे । ‘मैले प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि विषय वा प्रक्रियामा सहमति गर्न भनेको छु’ सभाध्यक्ष नेम्बाङले दाहालसँगको भेटका भनाई दोहो¥याउदै ओएनएससँग भने, ‘तपाईले पनि लचक भएर प्रयास गर्नुहोस र नयाँ वर्षमा नेपाली जनतालाई सुखद सन्देश दिनुहोस ।’


  •  
  •  
  •