काठमाडौं, २३ भदौ (ओएनएस) : एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विरोधीका चिप्ला कुराले दोस्रो संविधान सभाको चुनावमा चिप्लिएको बताएका छन् ।
तत्कालीन बैकल्पिक पोलिटब्युरो सदस्य सुरेश वाग्लेको १५ औं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय कोटेश्वरमा भएको कार्यक्रममा प्रचण्डले दोस्रो संविधान सभामा आफ्नै कारणले हारेको बताएका हुन् ।
उनले भने,‘दोस्रो संविधान सभा चुनावमा हामी बढी उदारवादी र भावुक हुँदा र विरोधीका चिप्लाकुराले हामी चिप्लियौं ।’ हामीले जित्छौं भन्ने मनोगत विश्लेषण गर्दा हार्नुपरेको भनाई प्रचण्डको थियो ।’
एमाओवादीले दास्रो संविधानसभा चुनावमा हारेपछि धाँधली भएको भन्दै संविधान सभा भित्र नजाने चेतावनी समेत दिएको थियो ।
पछि छानबिन गर्ने सहमति भएपछि एमाओवादी संविधानभामा गयो भने संसदीय छानबिन समितिले धाँधली भए नभएकोबारे अहिले छानबिन गरिरहेको छ । प्रचण्डले विगतमा आफूहरु ठूलो दल हुँदा पनि संविधान बनाउन नदिईएको तर्क गरे ।
उनले सहमति र सम्झौताबाट संविधान बनाउने प्रयास भएपनि सहमतिको घेरा अर्को पक्षले तोड्ेको आरोप लगाए ।
अर्को प्रसँगमा पार्टीभित्रको वहस द्वन्द्वात्मक र सही तरिकाले अगाडि बढ्ने कुनै ग्यारेन्टी नभएको समेत बताए ।
कथित विशुद्धताका नाममा पार्टीबाट धकेल्ने प्रवृति र पुरैको पुरै मिल्नेहरुको प्रवृति तथा अलिकति बिचार नमिले निस्किेर हिँडिहालौ जस्तो गर्ने प्रवृति पार्टीभित्र रहिरने भन्दै त्यो एमाओवादीमा समेत रहेको प्रचण्डको भनाई छ ।