जुम्ला ४ बैशाख (ओएनएस) : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा खुलेर उभिएका छन् । उनले यो सरकारलाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले चाहेर पनि सरकार परिवर्तन गर्न नसक्ने बताए । उनले कांग्रेस यही सरकारमा सहभागि हुने पनि बताए ।
जुम्ला पुगेका प्रचण्डले रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा उनले अहिलेकै सरकारमा सहभागी नहुनुको विकल्प नरहेको बताए । संसदको बहुमत र जनताको म्यान्डेडको अघि कांग्रेसले केही गर्न नसक्ने उनले दावी गरे ।
‘यो सरकार परिवर्त हुँदैन ‘उनले भने, “कांग्रेसको नेतृत्वमा सरकार बन्ने कुनै आधार छैन ।”
“संविधान कार्यान्वयनका लागि कांग्रेस सरकारमा आउनुपर्छ, अर्को विकल्प छैन”,प्रचण्डले भने ।