आकासवाणीले सहमति बिगार्‍यो: दाहाल

208
  •  
  •  
  •  

काठमाडौं २४ माघ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपालको राजनीति भारतीय आकासवाणीले बिगारेको दाबी गरेका छन् ।

शुक्रबार यहां आयोजित प्रशिक्षण कार्यक्रममा कार्यकर्तामाझ बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले पहिले आफूलाई आकाशबाणीले प्रधानमन्त्रीबाट हटाएको र केपी ओलीलाई अर्काे आकाशबाणीले प्रधानमन्त्री बनाउने टिप्पणी गरे ।

कांग्रेस र एमाले सहमतिमा आउने छांट नदेखिएकाले शान्ति सम्झौता विपरित संविधान बनाउन लागेकाले थप आन्दोलनको आवश्यकता परेको उल्लेख गरे । दाहालले आन्दोलन शान्तिपूर्ण हुने बताएपनि ढुंगा हान्ने, गाडी जलाउने र टाउको फुटाउनु पनि शान्तिपूर्ण आन्दोलन भएको बताए ।

संघर्षको लागि जनस्वयंसेवक र जनपरिचालन समिति निर्माण गरिने बताउदै त्यस्तो समितिले गुण्डाहरुको प्रतिकार गर्ने बताए । उनले आवश्यक परेमा एक महिनाभित्र १० लाख सेना बनाउन सक्ने बताए । जनस्वयंसेवक फोर्सका रुपमा मधेस, लिम्बुवानलगायतका विभिन्न समुहबाट ठूलो सेना बनाउने र त्यो सेनालाई एमाले र कांग्रेसले थेग्न नसक्ने बताए । कांग्रेस एमाले तर्फ संकेत गर्दै उनले भने सहमतिमा संविधान बनाउन तयार नभए ‘जस्तालाई तस्तै गर्ने’ बताए ।

एमाले अध्यक्ष केपी ओलीलाई उनले ज्ञानेन्द्रको संज्ञा दिए । राजाजस्तो देखीन ज्ञानेन्द्रले जस्तो ओलीले पनि सहमतिका लागि बसेको बैठकमा ढिलो आउने र हावादारी टुक्का भनेर हिड्ने गरेकाले समहमति हुन नसकेको खुलाए ।

एमाले घोषणा पत्र भन्दा पछि सरेको बताउदै उनले समानुपातिक समावेशी निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र पहिचानमा आधारत संघीयता सहित संविधानमा सहमति हुनै लाग्दा एमाले र कांग्रेसले भाडेको आरोप लगाए ।
कान्तिपुरबाट


  •  
  •  
  •