प्रचण्ड असुरक्षित रहेको गृहमन्त्रीको स्वीकारोक्ति

152
  •  
  •  
  •  

Bamdev.काठमाडौं, १० फागुन (ओएनएस) :  गृहमन्त्री बामदेव गौतमले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धम्कि आइरहेको र उनको असुरक्षा बढेको स्वीकार गरेका छन् ।

गौतमले आज आफ्नै कार्यकक्षमा पत्रकारसँग कुरा गदैं प्रचण्डलाई आक्रमण हुनसक्छ भनेर जानकारी समेत सरकारले नैं उपलब्ध गराएको बताए ।

‘प्रचण्डलाई धम्कि दिएर फोन आयो, त्यसको विषयमा सरकार वेखबर छ भन्ने होइन’ उनले भने, ‘उहाँलाई आवश्यक सूचना र पर्याप्त सूरक्षा दिएका छौं ।’ प्रमुख प्रतिपक्षी दलको नेताको सुरक्षाका संवेदनशील रहेको भन्दै ढुक्क हुन आग्रह गरे ।

यसअघि प्रचण्डले आफू असुरक्षित भएको बताएपछि नेपाल सरकारले उनको सुरक्षामा चासो ब्यक्त गर्दै विज्ञप्ति निकालेको थियो । गृह मन्त्रालयका सहसचिव कृष्णप्रसाद देवकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रचण्डको सुरक्षा बारेमा विश्वस्त हुन सबैलाई आग्रह गरिएको छ ।

साथै, प्रचण्डलाई सम्बोधन गर्दै विज्ञप्तिमा भनिएको छ, ‘वहाँले आफू उपर कुनै किसिमको असुरक्षा हुन सक्ने बारेमा प्राप्त गर्नु भएको सुचना वा त्यसको स्रोतको बारेमा नेपाल सरकारलाई जानकारी गराई सहायोग गर्नु हुन सादर अनुरोध गरिन्छ । ’

पढ्नुहोस् विज्ञप्ति : home


  •  
  •  
  •