सचिव अनन्तको स्वास्थ्यस्थितिबारे प्रचण्ड र सभामुख घर्तीद्वारा चिकित्सकसँग परामर्श

167
  •  
  •  
  •  

काठमाडौँ, २३ पुस(ओएनएस) : थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत एमाओवादीका सचिव वर्षमान पुन: अनन्तको स्वास्थ्य अवस्थाबारे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनकी पत्नी तथा सभामुख ओनसरी घर्ती मगरले चिकित्सकहरूसँग परामर्श गरेका छन् ।

अनन्तको स्वास्थ्य अवस्थाबारे बुझ्नका लागि थाइल्याण्ड पुगेका उनीहरूले चिकित्सकहरूसँग बसेर सचिव अनन्तको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । यसक्रममा पार्टी अध्यक्ष प्रचण्डले अन्नतको शीघ्र स्वास्थ्य लाभको कामना गरेको स्रोतको भनाई छ ।

यस्तै, उनीहरूले अनन्तसँग पनि भेट गरेका छन् । गत मंसिर २० गतेदेखी अनन्तको उपचार समितिभेज अस्पतालमा भइरहेको छ ।

गत भदौ २८ गते साँझ खाना खाएपछि स्वास्थ्यमा अचानक समस्या देखिएपछि पहिलोपटक पुन ललितपुरको सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । सामान्य उपचार गराएर घर फर्किएका पुनको स्वास्थ्यमा सन्तोषजनक सुधार हुन नसकेपछि पुनलाई कात्तिक २५ गते भारत लगिएको थियो ।

prachanda query about annanta with doctors prachanda query about annanta with doctors1 prachanda query about annanta with doctors2 prachanda query about annanta with doctors3

तस्विर : प्रचण्डको ट्वीटरबाट


  •  
  •  
  •