काठमाडौं, ७ चैत(ओएनएस) : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समितिको बैठकमा एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।
एमाओवादी मुख्यालयमा पेरिसडाँडामा आइतबार बसेको केन्द्रीय समितिको बैठकमा प्रचण्डले अर्को वर्ष चैत मसान्तभित्र महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् । प्रचण्डले देशभरीका सबै गाविस र नगरपालिकाको वडा तहमा आगामी जेठमा भेला गर्ने प्रस्ताव समेत बैठकमा पेश गरेका छन् । यस्तै, जेठमा नै गाऊँपालिका र नगरपालिकाको सम्मेलन गर्ने र असार मसान्तसम्म जिल्ला सम्मेलन गर्ने प्रस्ताव उनको छ ।
यसैगरी भदौ मसान्तसम्म प्रदेश तहको भेला सम्पन्न गर्ने प्रस्तावमा उल्लेख छ ।
साथै, अध्यक्ष प्रचण्डले केन्द्रीय समितिमा रिक्त रहेका पदहरू पुर्ती गर्नका लागि वर्षमान पुनको संयोजकत्वमा कार्यदल बनाउने प्रस्ताव पनि पेश गरेका छन् ।