प्रचण्डलाई राष्ट्रपतिको सुझाव : चाडो वार्ता गरेर समस्या समाधान गर्नुस्

191
  •  
  •  
  •  

rambaran-prachandaकाठमाडौँ, ९ असोज(ओएनएस) : राष्ट्रपति डा. रामवरण यादव र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार भेटवार्ता भएको छ ।

शनिबार शीतल निवासमा भएको भेटमा राष्ट्रपति डा. रामवरण यादवले मधेसमा जारी समस्यालाई वार्ता र संवादका माध्यमबाट समाधान गर्न अध्यक्ष प्रचण्डलाई आग्रह गरेका छन् । उनले असन्तुष्ट पक्षहरूसँग भएको सहमतिको प्रयासबारे पनि छलफल जिज्ञासा राखेका थिए ।

मधेसमा लामो समयदेखि जारी रहेको आन्दोनलले आम सर्वसाधारणको जनजीवन र देशकै आर्थिक अवस्थालाई नकारात्मक असर पारेकोले आन्दोलनरत पक्षसँग वार्ता गरी सहमतिमा ल्याएर समाधान खोज्न राष्ट्रपतिले आग्रह गरेका हुन् ।

जवाफमा प्रचण्डले वार्ताबाटै समस्याको समाधान खोज्ने पहल भइरहेको बताएका छन् । साथै, उनले आजै साँझ दलहरुको बैठक बस्ने समेत जानकारी गराएका छन् ।


  •  
  •  
  •