दिल्ली जानुअघि ओलीलाई दाहालले भेटे

54
  •  
  •  
  •  

काठमाडौं १३ भदौ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बिहीबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

बालकोटस्थित ओली निवासमा भएको भेटमा उच्चस्तरीय राजनीतिक समिति गठनलगायतका विषयमा छलफल भएको छ । दाहालले समिति गठन नभए संसद् चल्न नदिने चेतावनी दिंदै आएका छन् ।

दाहालसँग संविधान निर्माणका विवादित बिषयमा सहमति खोज्ने, उच्चस्तरीय राजनीतिक समिति बनाउने/नबनाउने, २६ सभासद् मनोनयन लगायतका बिषयमा टुंगो लगाउने बिषयमा पनि छलफल गरेका छन् ।

ओली नियमित स्वास्थ्य परिक्षणका लागि शुक्रबार नयाँदिल्ली जाने भएका छन् । गत फागुनमा गम्भीर बिरामी परेपछि ओलीले दिल्ली, थाइल्यान्ड र सिंगापुरमा उपचार गराइरहेका छन् ।

पार्टी अध्यक्षमा निर्वाचित भएपछि ओली सिंगापुरमा स्वास्थ्य परीक्षणका लागि गएका थिए । एमाले सचिव पृथ्वी सुब्बा गुरुङले नियमित परिक्षणका लागि शुक्रबार साँझ ६ बजे ओली दिल्ली जान लागेको र झण्डै एक साता त्यहाँ बस्ने जानकारी दिए ।

दिल्ली जानुअघि बिहीवार ओलीले पार्टीका केही पदाधिकारीहरुसँग राजनीतिक र पार्टीका आन्तरिक बिषयमा छलफल गरेका छन् । पार्टीभित्र पोलिटब्यूरो स्थायी समिति चयनको काम अड्किइरहेको छ ।

विवादित बिषयमा सहमति खोज्ने जिम्मेवारी भएपनि नियमति स्वास्थ्य परीक्षणका लागि ढिलो भएकाले ओलीको दिल्ली जानै पार्ने बाध्यता रहेको उनका स्वकिय सचिवले जनाए ।

एमालेकै नेता माधव नेपाल कैलाश मानसरोवर यात्रामा छन् । वरिष्ठ नेता झलनाथ खनालसमेत केही समयपछि स्वास्थ्य उपचारका लागि विदेश जाने तयारीमा छन् ।
कान्तिपुरबाट


  •  
  •  
  •