काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)प्रचण्ड–माधव समूहले दोश्रो चरणको आन्दोलनको घोषणा गरेको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी माघ २३ सम्मका लागि विरोधका कार्यक्रम घोषणा गरिएको हो। प्रतिनिधि सभा विघटनविरुद्धको संघर्षका कार्यक्रम केन्द्रदेखि वडा तहसम्म हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
दोश्रो चरणको संघर्षका कार्यक्रम सोमबारबाट शुरु भई माघ २३ मा सकिने भएको छ। विरोध प्रर्दशन वडा, गाउँपालिका/नगरपालिका, जिल्ला, प्रदेश, केन्द्र सबै तहमा गरिने भएको छ।पुस ३० मा देशभरका सबै वडा, माघ ५ गते सबै पालिकाहरुमा विरोध प्रदर्शन र सभा गरिने भएको छ। माघ १६ गते पाँचवटा प्रदेशमा (प्रदेश नं.१, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम) विरोध प्रदर्शन र सभा गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए। माघ १७ गते प्रदेश २ मा विरोध प्रदर्शन र सभा गरिने भएको छ। दोश्रो चरणको आन्दोलनको अन्तिम दिन माघ २३ गते केन्द्रीय राजधानीमा विरोध प्रदर्शन र सभा हुने भएको छ।