काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बैठक शुरु भएको छ।
केन्द्रीय समिति बैठक बस्नुअघि प्रचण्ड, नेपाल समूहको स्थायी कमिटी बैठक बसेको हो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली निकट रघुवीर महासेठ पनि सहभागी छन्। बैठकमा अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल हुनेछ।
प्रचण्ड–नेपाल पक्षले संवैधानिक र कानुनी दृष्टिले प्रतिनिधिसभा विघटन नभएको तर्क गर्दै पुनःस्थापनाको मागसहित प्रस्ताव पास गर्ने, त्यसका लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग मिलेर संयुक्त आन्दोलनमा जाने निर्णय गर्नेसमेतको तयारी गरेको छ ।
यसअघिको सोमबारको स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो ।