प्रचण्ड–नेपाल समूहको जुलुस (फोटो फिचर)

191
  •  
  •  
  •  

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले आज सभा गरेको छ ।

यसअघि यही माघ २३ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले बृहत् आमसभा गरेको थियो । दाहाल–नेपाल समूहले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सभा गर्न थालेको हो ।

विरोधसभाअघि राजधानीका विभिन्न स्थानबाट जुलुस निकालिएको छ । विभिन्न नारासहित त्रिपुरेश्वर, कालीमाटी, नयाँ बानेश्वर, माइतीघर, लैनचौर, बागबजार, मैतीदेवीलगायत विभिन्न स्थानबाट जुलुस निकालिएको छ ।

सभालाई नेकपाका दाहाल, नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत शीर्षनेताले सम्बोधन गर्ने बताइएको छ । प्रतिनिधिसभा विघटन भएसँगै त्यसको विरोधमा दाहाल–नेपाल समूहले प्रदर्शन तथा सभा गर्दै आइरहेको छ ।


  •  
  •  
  •