प्रचण्ड–माधव पक्षको आमहड्ताल(फोटो फिचर)

103
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकाका मुख्य सडक तथा शहरी क्षेत्रको जनजीवित आम हड्तालका कारण आंशिक रुपमा प्रभावित भएको देखिएको छ ।

सामान्य अवस्थामा जस्तो सार्वजनिक तथा निजी सवारी साधान चलेका छैनन् । सीमित मात्रामा चलेका सार्वजनिक गाडीमा विशेष कामले गन्तव्यमा पुग्नु पर्ने यात्रु सवार भएका छन् ।

प्रहरीको तैनाथी तथा चेकिङ्ग मुख्य सडकहरुमा सामान्य दिन भन्दा बढि देखिएको छ ।

काठमाडौं उपत्यका भित्रिने मुख्य नाकाहरुमा भने बन्दको प्रभाव बढी रहेको छ। मुख्य नाका छिर्ने ठाउँमा ठूलो संख्यामा प्रचण्ड–नेपाल पक्षका नेता कार्यकर्ताको उपस्थित रहेको छ। उनीहरूले उपत्यका भित्रने सवारी साधनहरूलाई कडाइ गरेका छन्। उपत्यका बाहिर पनि आमहड्तालको प्रभाव परेको छ।

संसदीय सुनुवाइ बिना नै विभिन्न संवैधानिक निकायमा ३२ जना पदाधिकारी बुधबार नियुक्त गरेपछि थप ओक्रोशित भएको प्रचण्ड–नेपाल पक्षले बुधबार साँझ राँके जुलुस र बिहीबार आमहड्ताल घोषणा गरेको थियो। आमहड्तालमा हुनसक्ने तोडफोड र झडपलाई मध्यनजर गर्दै उपत्यकामा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ।

हेर्नुहोस् तस्बिरमा

 


  •  
  •  
  •